नियम ९३
अध्यादेश पेश गर्ने

(१) संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेश, जारी भएपछि आव्हान भएको सदनको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अध्यादेश पेश गर्दा त्यस्तो अध्यादेश जारी गर्नु परेकोपरिस्थिति र कारण समेतको विवरण संलग्न गर्नु पर्नेछ ।